MBBS Entranceतयारी गर्दाको एउटा कथा

Prof.Dr Bhagwan Koirala Prof.Dr Bhagwan Koirala | 2022-05-19

MBBS Entranceतयारी गर्दाको एउटा कथा

आज पनि मार्कस बढेन। वैशाख, २०७८ शनिबार र आजको Model Testमा मार्कस उस्तै आयो। अझ आज थप २मार्कस कम आयो। जति पढे पनि मेरो मार्कस कहिल्यै बढ्ने भएन। सँगै Test दिएको साथीले भने ६-७ वटा छोडेर पनि १५०+ ल्याएछ। चाहिँ १२७तिरै रोकिएको छ। खोइ थाहा छैन कहिले १४० कटाउने होला? साथीले आज पनि message गरेर कति मार्कस आयो भनेर सोध्यौ थियो? मैले seen गरेर छोडिदिए। कति चोटि त्यहि reply गर्नु; आज पनि मार्कस बढेन। १२०-१३०को बीचतिर छु। धन्न NAME को Testहरूमा नामको सट्टा रोल नम्बरमा Result आउँछ। Card लिन पनि एक्लै सुटुक्क जान्छु र आफ्नो रोल नम्बर एकदम गोप्य राख्छु। साथीले कति हो रोल नम्बर भनेर सोधी हाले म कुरा अन्तै मोड्छु। र हरेक पल्ट Test को Result हेरे पछि त्यो Cardलाई जति सम्म सक्छु, च्यातचुत टुक्राटुक्रा पारेर Dust Binमा हाल्छु।आज पनि त्यही गरे। एक हिसाबले Weekly Routine नै बनिसकेको छ। तर Vibrant को Testमा भने नामनै तोकेर Result आउछ। आफ्नो नाम त जहिले पनि ६००Rank तल हुन्छ। Result हेर्ने बेलामा pdf खुल्नसाथ Topperको नाम र मार्कस हेर्छु। र आफ्नो नाम खोज्न screenमा लामो swipe गरेर एकै चोटि ६००Rank तल खोज्छु। कहिलेकाहीँ त ८००तिर पनि पुगेको हुन्छु। यसो सोच्छु Top20 Top50 तिर पर्नेहरू कसरी तयारी गर्दै होलान्? Resultको pdf खुल्नासाथ पहिलो Pageमै आफ्नो नाम देख्दा कति खुशी भइएला हगि! मेरो त्यस्तो दिन कहिले आउने होला? यो सबदेख्दा त कोठाको सबै झ्याल-ढोका थुनेर रुओेेैँ लाग्छ। आजै कोठा भाडातिरेर घर-गाउँ फर्किहालौँ लाग्छ। यो Entranceको भीडलाई छोडेर विदेश जाउ या अन्तै केही गरूँ लाग्छ। तर म आटँ गर्न सक्दिनँ। खोइ के भनेर घर फर्केने हो? के कारण भनेर यो Entranceको भीड छाडे भन्नु मैले मेरा साथी, सरहरूलाई? सबैले मलाई विश्वास गरेका छन् विशेषगरेेर आमाबुबाले। अस्ति फोनमा कुरा हुदा Australia "Second Option"मा राख है भन्दै हुनुहुन्थ्यो। IELTSका classहरू सुरू हुनै लागेको रहेछ तर मैले स्विकार्नु सकिन। त्यसका लागि पनि पैसा नै चाहिने हो। भो यो भन्दा बढ्ता कति खर्च गर्नु! सानी बहिनीले Messengerमा मेरो Nickname "Doctor Daju" राखेकि छन्। म उसलाई त्यो Nickname राख पनि भन्न सक्दिन र नराख पनि भन्न सक्दिन। आजकल बहिनीसँग Chatमा राम्ररी बोल्न पनि सक्दिन। उ मलाई के गर्दै हुनुहुन्छ भनेर सोध्छे र मेरो जवाफ जहिल्यै एउटै हुन्छ," म अहिले पढ्दै छु। भराई बोल्छु।" Video Call नभएको पनि धेरै भइसक्यो। हुन त मैले MBBSको तयारी गर्दैगरेको कुरा कसलाई पो थाहा नहोला र? यसैले होला स्कुले साथीहरूले message गर्दैपछि " तिमीलाई Distrub त भएन नि" भनेर सोधेको। SEEमा A+ Grade ल्याइयो, 11 मा A+ र 12 Boardमा पनि A+ हानियो तर पनि खोइ अहिले Model Testहरू केही गर्नै सक्दिनँ। सानोदेखि सानो कुरामा अल्झन्छु। Physicsको formula याद छ तर कहाँ प्रयोग गर्ने थाहा छैन। Chemistryको reaction जति पल्ट पढ्यो उतिनै पल्ट बिर्सिन्छु। Bio जतिसुुकै रटे पनि Mcqको optionsमा झुकिन्छु। अरू सबैलाई सजिलो लाग्ने MAT मलाई सुरू नै गर्न आउदैन। न त Syallbus complete छ न त पढेको जति सबै नै याद छ। मैले मेरो तर्फबाट त 100% दिएकै छु जस्तो लाग्छ। हरेक दिन बिहानको ६ देखि राति निद्रा नपरन्जेल Module र Complete Solution पल्टाउछुँ। Facebook चलाउने भनेको Objective PCBमा Doubt question सोध्न र MECको Notice थाहा पाउन मात्र हो। कोठा बाहिर निस्किने भनेको Copy, Pen किनुपर्दा जाने हो। शनिबार दिनभर Model Test दिएरै बित्छ। Routine नबनाएको होइन तर strictly follow हुदैन। Facebookमा Write your Statusमा "Feeling Sad" मात्र लेख्न मन लाग्छ। नै Favorite emoji बनेको छ। अब त Time पनि कम छ। २-३ महिनामै Examहुने हल्ला छ। साथीहरूले Module पुरै पढिसकेर Revise गर्दै छन् रे। आफ्नो त एकपल्ट पनि सकिएको छैन। बरू अहिले नै 1 year Drop लिएर एकदम basicबाट पढौ लाग्छ। Foundation बलियो बनेपछि त कसो मार्कस नबढ्ला र! तर Drop लिएर नाम निस्किने कुनै ग्यारेन्टी छैन। एक वर्ष घरपरिवार, साथीभाइ केही नभनी पढो तर अन्तिम निर्णायक ३ घण्टामा राम्रो गर्न सकिएन भने के गर्ने? फेरि अर्को Year Drop! Drop लिएका Seniorहरूको वेदना सुन्दा थप डर लाग्छ। निस्कनै नसकिने खाडलमा त परिने होइन भन्ने कुराले सधैं सताउछँ। यो त मस्तिष्कमा खेल्ने कुरामात्र हुन्, मनमा त कस्तो विकरल डढेलो लाग्छ, बस् शब्दमा उतार्न सक्दिनँ। नपढेको कुरा मात्र होइन बारम्बार एउटै पढेको कुरा पनि Model Testमा बिर्गाछु। हिजो PhysicsWallah- Alakh Sirले एउटा Motivational भिडियोमा Model Test मार्कसको Graph exponential हुन्छ भन्नुहुदै थियो। सुरूमा lag अनि log phase आउँछ रे। Graphको Lag phaseमा जति X-axisको coordinate बढाएपनि Y-axisमा curve growth देखिदैनँ। सायद म Lag phase को मध्यविन्दुतिर छु क्यारे। तयारी गरेको धेरै भइसक्यो तर त्यस्तो खास उपलब्धि देखिएको छैन। थाहा छैन कहिले log phase पुगेर Exponential growth लिने हो। एक तरिकाले जीवननै lagg भइसक्यो। Magnetismको I Vs H hysteris(lagging) loop graphमा त पछाडि retrace पनि गर्न सकिन्छ। मसँग त्यो विकल्प पनि छैन। मेरो एउटै मात्र विकल्प भनेको "तयारी जारी राख्नु" हो। Examको हिजोपल्ट सम्म यस्ता थुप्रै वाधाहरूसँग जुध्दै ससाना पाइला निरन्तर चाली राख्नु हो। यिनै पाइलाहरूले मलाई पछि भविष्यमा छलाङ मार्न सिकाउने छ। आजका भोगाइहरूबाट म थप दृढ र सहनशील बन्ने छु। अन्तरआत्माको घातक द्वन्दमाथि विजय प्राप्त गर्ने क्षमताको विकास गर्न सिक्ने छु। कलान्तरमा नाम निस्किए या ननिस्किए पनि मिहिनेत गर्ने बानी अवश्य सिक्ने छु। There is nothing we can do today other than to struggle and face everyday. It's hard sometimes but the time will heal all these downs and falls into days we are anxious for. The efforts you put today will surely reward you tomorrow.