"आशिर्वाद या अभिशाप"  @khulimuli sarika
MEDICAL NEWS Sep 27, 2023
    Like/Share :

"आशिर्वाद या अभिशाप" @khulimuli sarika

"आशिर्वाद या अभिशाप"

कान्छा,

सुन्दैछु अचेल गाउँघर सहरबजार यत्रतत्र

डाक्टर कुटिने प्रचलन भित्रिएको छरे !

दिनैपिच्छे रेडियोमा आउने ती समाचार 

अनि

दिनैपिच्छे पत्रपत्रिकामा छापिने

ती तोडफोड र स्वास्थ्यकर्मी माथिको अभद्र व्यवहार ! 

साच्चै,

मन सिरिङ्ग बनाउने गर्छन् यस्ता खबरले

अनि, 

सोच्ने गर्छु

कान्छा, तिमी त सन्चै छौ नि ?

कान्छा,

तिमीले थाहा पायौ कि पाएनौ खै -

हिजो मात्र पल्ला घरे माइलाका

जेठा छोरा अस्पतालमा उपचार गर्ने क्रममै कुटिए रे ।

अनि

बिहान भर्खर तल्ला घरे जेठाका

कान्छी छोरीका कलेजमा तोडफोड भयो अरे ।

कान्छी भन्दै थिइन् रे-

"बा, यताको स्थिति त निकै नाजुक छ,

बाहिर निस्कन पनि मुस्किलै छ !"

मेरा कान्छा,

तिमी त आरामै छौ नि ?

कान्छा हेर त -

कुनै हाम्रा पाला थिए,

जहाँ डाक्टर भगवानरुपि मानिथ्यो

तर

आजकल

त्यो समय छ,

जहाँ उसलाई हत्याराको उपनाम दिइन्छ।

साच्चै कान्छा,

यहाँ त -

दृष्टिकोण नै कति परिवर्तन भएछ नि है ।

कान्छा,

तिमी त सुरक्षित छौ नि?

कान्छा,

मैले हरेक दसैंमा 

डाक्टर बनेस् भनि दिएका आर्शिवाद

कतै  तिम्रा लागी अभिशाप पो बन्ने हुन्  कि?

डर लाग्दै छ मनको कुनामा,

कान्छा, 

कतै मेरा आर्शिवाद-

तिम्रा निम्ति अभिशाप पो हुने हो कि ?

-खुलिमुली 

(२०८०/०६/०९)

Credit : @khulimuli sarika

Photo - Social Media 

    By : Doctor Story Nepal