Dengue fever(डेंगु ज्वरो
Awareness News Sep 20, 2024
    Like/Share :

Dengue fever(डेंगु ज्वरो

#Dengue fever(डेंगु ज्वरो ):-आजकल को जल्दो बल्दो स्वास्थ समस्या =सबैजना  सतर्क रहनुहोला अहिलेको मौषममा यो ज्वरो धेरैनै बढने छ।

Q .डेंगु fever भन्नाले के बुझिन्छ ?
उत्तर - यो एक किसिमको viral रोग हो जुन लामखुटेको टोकाई बाट सर्ने गर्छ।

Q. यो कुन प्रजातिको लामखुट्टेको टोकाई बाट सर्ने गर्छ?
उत्तर - Female Aedes Aegypti नामक प्रजाति बाट।

Q . कुन समयमा यसको प्रकोप फैलिने गर्दछ?
उत्तर - यो विशेष गरेर वर्षयममा बढि सक्रिय हुने गर्दछ. किन भने पानी पर्दा विभिन्न किसिमले जमिनमा पानी जम्ने गर्दछ जुन लामखुट्टेको निम्ति अनुकुल हुने गर्छ।

Q . यसका लक्षणहरु के के हुन्?
उत्तर - 1. ज्वरो आउने
         2.टाउको दुख्ने
         3. वान्ता हुने
         4. आँखाको गेडी दुख्ने
         5. पेट दुख्ने एवम् पखला चल्ने
         6. छालामा रातो बिमरा आउने
         7. मंस्पेसी र जोर्नी दुख्ने

Q . डेंगु virus कति किसिमको हुन्छ?
उत्तर - यो मुख्य रुपमा दुई प्रकारको हुन्छ.
         1. डेंगु fever
         2. Dengue Haemorhagic fever जुन खतरनाक हुने गर्छ।

Q .यो रोग कतिको जोखिम हुन्छ?
उत्तर - यो धेरैनै जोखिम खालको रोग हो. यसको कुनै पनि definitive treatment आजको मिति सम्म छैन।

Q .कसरी जोखिम उत्पन्न गर्छ यसले?
उत्तर -यसले शरीरमा रहेको सेतो रगत अर्थात् platelet लाई ध्वस्त पार्ने गर्छ जस कारण शरीर भित्र bleeding भएर धेरै व्यक्तिको अकालमै मृत्यु हुने गर्छ।

Q .डेंगुका लक्षणहरू देखिएमा के के गर्ने ?
उत्तर -
      1.स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने
       2. घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
 
       3.अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )
Q. यसको जोखिम कसरी कम गर्न सकिन्छ ?
उतर =
       1.एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।

       2.आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।

       3.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
पूरै शरिर ढाक्ने लुगा लगाउने ।

      4.पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
                             ।धन्यवाद। 
#repost

    By : Doctor Story Nepal