दक्षिण एसियाका  (नेपाल, भारत, पाकिस्तान...) का अधिकांश पुरुषहरूको पेट किन टुप्लुक्क बाहिर आएको देखिन्छ ? Dr Diljan Mansoor -Kurt
Awareness News Jun 27, 2024
    Like/Share :

दक्षिण एसियाका (नेपाल, भारत, पाकिस्तान...) का अधिकांश पुरुषहरूको पेट किन टुप्लुक्क बाहिर आएको देखिन्छ ? Dr Diljan Mansoor -Kurt

दक्षिण एसियाका  (नेपाल, भारत, पाकिस्तान...) का अधिकांश पुरुषहरूको पेट किन टुप्लुक्क बाहिर आएको देखिन्छ ?
दक्षिण एसियाली  देश (नेपाल, भारत, पाकिस्तान...) का अधिकांश पुरुषहरूको पेट टुप्लुक्क बाहिर आएको देखिन्छ । उनीहरुको पेटमा बेली फ्याटहरु फैलिएर रहेका हुन्छन् । यससँग धेरै कारणहरु अन्तरसम्बन्धित छन् । 
खानपिनको बानी : उनीहरुको आहारमा कार्बोहाइड्रेट, र अस्वस्थ तेल (ट्रान्स फ्याटयुक्त तेल) सुगरको मात्रा उच्च रहेको हुन्छ । जस्तै : भात, रोटी¸ चपाती, भुटेको खानेकुराहरु (जस्तै समोसा¸ पकौडा¸ पुरी), मिठाइ  र त्यस्तै अन्य खानेकुराहरु तेलमा वा डाल्डा घ्युमा पकाइएका हुन्छन् । र ति खानेकुराहरु धेरै क्यालोरीका हुन्छन् । त्यस्ता खानेकुराहरु खाएपछी उनीहरुको पेटमा बोसो धेरै थुप्रिन्छ । तौल बढ्छ । उनीहरुले खाने व्यञ्जनहरू  स्वादिलो तथा रमाइलो भए तापनि क्यालोरी-धेरै भएको हुन्छ । पर्याप्त शारीरिक क्रियाकलाप बिना यस्ता प्रकारका खानेकुराहरु धेरै खानाले उनीहरुको पेटको वरिपरि बोसो जम्मा हुन्छ। 
गतिहिन जीवनशैली: सहरी क्षेत्रमा आधुनिक जीवनशैलीमा प्राय गतिहीन जागिर, लामो यात्रा र कम शारीरिक गतिविधि मुख्य कारणहरु हुन । भारतीय पुरुषहरु नियमित ब्यायाम गर्दैनन् । शारीरिक क्रियाकलाप नगन्य मात्रामा गर्छन जसले गर्दा तौल बढ्छ र पेटको मोटोपन बढ्दै जान्छ ।
सांस्कृतिक कारण : ठुला ठुला पारिवारिक जमघट¸ चाडपर्वका बेला हुने भेटघाट¸ बिबाह¸ ब्रतबन्ध जस्ता बिशेष कार्यक्रममा गरिने भोजभतेर¸ बिभिन्न सभा सम्मेलन अदिले धेरै खाने बानीको बिकास भएको हुन्छ र त्यस्ता कार्यक्रमहरुमा उच्च क्यालोरीयुक्त खानेकुराहरु (बिशेष गरी भात/पुलाउ¸ खिर¸ मसलादार तरकारी र मासुका परिकारहरु¸ उच्च चिनीजन्य) को प्रबन्ध गरिएको हुन्छ । अधिकांश जमघटमा अल्कोहलको पनि प्रबन्ध हुन्छ । उच्च क्यालोरीयुक्त खानेकुरा अनि अल्कोहलको सेवनले गर्दा वजनका साथै पेटको बाक्लोपन बढ्दै जाने हुन्छ ।
बंशाणुगत कारण : दक्षिण एशियाली मानिहरुमा शरीरको अन्य भागमा भन्दा पेटको वरिपरि बोसो भण्डारण हुने¸पेट पुटुक्क देखिने बिभिन्न कारणहरु मध्ये बंशाणुगत कारण पनि हो भन्ने तथ्यहरु नभएका होइनन् तर पनि हामीले यसलाइ मुख्य कारण मान्नु हुँदैन । किनभने कुनै पनि समस्याको कारणमा आफ्ना पुस्तालाइ दोस दिनु उपयुक्त हुँदैन । ब्यक्तीको आफ्नै कारणा प्रधान हुन्छ । 
पेटको मोटोपनसँग सम्बन्धित स्वास्थ्य जोखिमहरूको बारेमा जागरूकता गराउँदै यस्ता समस्यालाइ सम्बोधन गर्नका लागी स्वस्थ आहारको विकल्पलाई बढावा दिनु, नियमित शारीरिक गतिविधि र व्यायामलाई प्रोत्साहित गर्नु र सांस्कृतिक मापदण्डहरूमा समेत केही नियम राख्नु अपरिहार्य छ । 
तर अन्जानमा होस या गलत ब्याख्याले होस जनचेतनाका नाममा गरिने बिभिन्न प्रचारहरु स्वस्थ जीबनका लागी भनेर सल्लाह दिइने सन्तुलित भोजनका नाममा होस केही असमझदारीले गर्दा समाधन हुनु त परै जावस झन अस्वस्थ्यकर खाने बानीको बिकास भैरहेको छ र यसले पेटको आकार बृद्धिमा योगदान पुर्याइरहेको हुन सक्छ ।

Dr Diljan Mansoor -Kurt /Facebook 

    By : Doctor Story Nepal