अस्ट्रेलयामा नेपाली डाक्टर : डा. मनोज सिंह
MEDICAL NEWS Nov 2, 2023
    Like/Share :

अस्ट्रेलयामा नेपाली डाक्टर : डा. मनोज सिंह

अस्ट्रेलयामा नेपाली डाक्टर: प्रदेशमा रहदा अहिलेसम्न निक्कै कम बिरामीपरेकोछु । केहीदिन यता रुघाखोकी ले निक्कै सताएपछी पहिलो हप्ता नजिकैको जि पी ( सामान्य चिकित्सक) General practitioner को मा गई उपचार गराए । Railway Terrace Medical Practice, Shop 1, 76-84 Railway Terrace, Merrylands NSW तर म पहिलो पटक त्यहांपुग्दा म त्यति सन्तुष्टभएको थिईन त्यसैले फेरी जाने कि नजाने दोधारमा थिए ।  सोचे यो पटक नयां डक्टरसंग चेकगराउछु । खोज्नेक्रममा मैले  डा. मनोज सिंहलाई भेटे र रोजे ।  शुरुमा आफ्नो बिमारकोबारेमा बेलिबिस्तार लगाए, डक्टरले सल्लाहदिदै गए मैले हस डा. साप भन्दैगए । प्रेदेशमा नेपाली डक्टर नेपालीमै कुरा गर्नपाएपछी खुबै आनन्दले गफ गरियो । कौतुहलता बढदै गयो मैले सोधेदैगए उनले झर्को नमानी हासीहासी मज्जाले जवाफ फर्काउदैगए । साह्रै मज्जाका मान्छे निक्कै मिजासिला । २/३ बर्ष नेपालको सरकारी सेवामारही सेवागरे पश्चात भारतमा केही बर्ष अनि सिंगापुरमा ५ बर्ष काम गरेपश्चात अस्ट्रेलिया आएका रहेछन । उनि यहांआएको पनि अहिले १५ बर्ष भैसकेछ । गफकै क्रममा सेवामा कार्यरत रहदा राजनैतिक प्रेसरको एउटा सानो तितो अनुभव पनि सुनाए, साह्रै दुख्खलाग्यो । देशको बिडम्बना यस्तै छ डासाप भन्दै थपिदिए मैले । स परिवार यतै बस्दै आएका डासापलाई अन्तिममा सोधे सर नेपालको माया कत्तिको लाग्छ ? जवाफ फर्काउदै उनलेभने किन नलाग्नु माया, औधीमायालाग्छ । जाने आउने क्रम चलिरहेको छ, उनको जवाफ नसकिदै फेरि सोधे अब उतै गएर सेवागरु जस्तो लाग्दैन ? उनले थप्दैभने देशको राजनैतिक परिस्थिती हेर्नुस त, परिस्थिती थिरछैन, सेवा गर्ने वातावरणपनि छैन, देशले केही निकासपावस न पहिले, म मात्र हैन, म जस्ता हजारौ लाखौ नेपाली देश फर्किनेछन । म सोचमग्नभए केही बोलिन ।  
Pic. Janak Chand (Australia ma Meme page )

    By : Doctor Story Nepal