भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल
MEDICAL NEWS May 24, 2022
    Like/Share :

भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल

न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।

अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघिय अस्पतालहरुमा प्रथम स्थान पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंक सहित प्रथम स्थान कायम राखिरहन सफल भएको छ । 
र यस स्थानमा पुर्याउन सहयोग गर्ने सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई भेरी अस्पताल व्यवस्थापन हार्दिक बधाई तथा धन्यबाद ज्ञापन गर्न चाहन्छ ।
- Bheri Hospital/Official Facebook page

    By : Ewing Sarcoma