प्यारी बहिनी MBBS को licence exam मा आफ्नो नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई छ ।
MEDICAL NEWS Jul 11, 2022
    Like/Share :

प्यारी बहिनी MBBS को licence exam मा आफ्नो नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई छ ।

 

मिति:-2079/03/27

बहिनीलाई चिट्ठी

प्यारी बहिनी
MBBS को licence exam मा आफ्नो नाम निकाल्न सफल भएकोमा धेरै धेरै बधाई छ । तेरा हरेक सपनामा तेरो दाई सधै साथमा छ । तैले Medical विषय पढने सोच गराय देखि नै जे जति बाधा अढचना आएका थिए ति सब दिनहरू अझै पनि ताजा भएर आउछन | तलाई मैले दुई खुट्टा‌ले हिँडेर तेरो medical यात्राको लागि पठाएको थिए त्यो तेरो Medical को यात्रा wheel chair बाट शुरु हुन्छ भन्ने कुरा के थाहा ?भन्छन् भोलि कोसले देखेको छ र साचै रहिछ सोच्दै नसोचेको Accident भयो [Transverse myelitis ( T2 - T12 )]। मैले अनुभव नगरे पनि महसूस गर्न सक्छु तेरो wheel chair बाट MBBS को यात्रामा कति कठिनाई आएका थिय, छन तर पनि त्यस कठिनाई लाई पार गर्दै आफ्नो लक्ष्य पुरा गर्न चुकिनस । एउटा छोरी मान्छे पढेर के गर्छे भन्ने समाजले आज एउटि छोरी मान्छे त्यही पनि अपाङ्ग अब पढेर के गर्लि भनेन्न होला भन्न म सक्दिन तर यसरी भनी राख्दा मैले समाजलाइ दोष दिन खोजेको चाहि कदापी होइन । जुन रितिरिवज परम्परा अनुसार हाम्रो समाज चलिरहेको छ त्यो भन्नू स्वाभाबिक नै हो । बहिनी तैले आफ्नो लक्ष्य प्राप्तिको लागि जुन संघर्ष गरेकी छेस त्यसको लागि म संग कुनै शब्द छैन जो तलाइ भनु| भन्न सक्छु त मात्र बधाई एउटा छोरी मान्छे र त्यही पनि अपाङ्ग, गरे के हुन्न इच्छा र आकांक्षालाई शारीरिक असक्तताले छेक्दो रहिन्छ भन्ने उदाहरणीय काम गरि बिरामिको राम्रो सेवा गरेर देखाउनु। आउने दिनहरुको लागि शुभकामा छ।
उहीँ तेरो दाइ प्रदिप
@l_pradip lamichhane
#bestwishes #congratulations🎉

    By : Doctor Story Nepal