Mustang District Hospital does successful Surgery for the first time in the History of this Hospital.
MEDICAL NEWS Aug 18, 2022
    Like/Share :

Mustang District Hospital does successful Surgery for the first time in the History of this Hospital.

Achievement & Historic: Mustang District Hospital does successful Surgery for the first time in the History of this Hospital. A Successful surgery was done during a baby delivery case, which is also the first successful surgery after more than 40 yrs of establishment of District Hospital. 
मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ। 
#congratulations🎉 
#thankyouall 
बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका ३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो। उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन्। आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा विशाल तिवारीका अनुसार अस्पतालमा यो नै पहिलो शल्यक्रिया हो। डा कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो।
२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ। 
- Mustang District Hospital /(gmail official )
- (Consent taken )

Photo. Directorate of Health, Gandaki Pradesh

    By : Doctor Story Nepal