Anxiety/Depression/Mental Illness -डा. अजिता पौडेल
Awareness News Jul 20, 2022
    Like/Share :

Anxiety/Depression/Mental Illness -डा. अजिता पौडेल

Anxiety/Depression/Mental Illness

नभएकाले बुझ्दैनन्

ब्रो psychiatrist को मा नजाउ, औषदी ख्वाउँछन्

ब्रो weed तान ठिक हुन्छ

ब्रो meditate

ब्रो go to the wild सब ठिक हुन्छ

ब्रो धेरै नसोच

ब्रो टेन्सन नलिउ

शारीरिक रोगजस्तै मानसिक रोग पनि जसलाई पनि लाग्न सक्छ

रोग लाग्ने भएर नै psychiatrist/psychologist बनेका हुन् , औषधीहरु बनेका हुन्

malaria भएको मान्छेलाई ज्वरो आउँदा नतात् भनेजस्तै हो , anxiety भएका ब्यक्तिलाई धेरै tension नलि भन्नु , depression भएका ब्यक्तिलाई धेर नकारात्मक नसोच् भन्नु । आत्तिन्छु भनेर कोहि आत्तिएको हैन , निराश हुन्छु भनेर कोहि निराश भएको हैन । सब biological-psychological-social तत्वहरुको खेल हो , दिमागमा chemical हरुको लोचा हो ।

मुटु ढुकढुक भयो भने ५ जना मुटुको डाक्टरलाई भेट्ने , पर्दैन भन्दाभन्दै ecg,echo ,thyroid level देखि हजारौँ जाँच गराउने , अनि मानसिक तनाबले मुटु ढुकढुक भएको होला , psychiatrist लाई भेट भनेर डाक्टरले भन्दा "psychiatrist लाई भेट्ने त पागलले हो" भन्ने सोचेर नभेट्ने हाम्रो बानी नै छ ।

मुटु हुनेलाई मुटुको रोग लाग्न सक्छ ,त्यस्तै मन हुने जिउँदो मान्छेलाई मनको रोग लाग्न सक्छ , सबै मनोरोग पागलपन हैन । आज सामान्य मनोरोग को जाँच गर्न psychiatrist लाई भेट्न नजाँदा उपचार नगराउँदा भोलि कडा रोग लागेर आत्महत्या गर्न बाध्य पार्ने कडा मनोरोग लाग्न सक्छ।

समयमा कुरा बुझौँ ।

#copied

डा. अजिता पौडेल

    By : डा. अजिता पौडेल