#Restinpeace  Dr.Mahesh Kumar Gautam Medical Director of  National Asthma Allergy Center  is no longer with us .
MEDICAL NEWS Jan 14, 2024
    Like/Share :

#Restinpeace Dr.Mahesh Kumar Gautam Medical Director of National Asthma Allergy Center is no longer with us .

#Restinpeace 
Dr.Mahesh Kumar Gautam Medical Director of  National Asthma Allergy Center  is no longer with us .

काठडमाडौँदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौँ चन्द्रागिरि ४ हिमचुली दुर्घटना भएको  छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ-३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उहाँका ज्वाइँ काठमाडौँ-२ का डा. महेशकुमार गौतम, उहाँका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल हुनुभएको हो ।

    By : Doctor Story Nepal