Dengue Awareness
MEDICAL NEWS Sep 12, 2022
    Like/Share :

Dengue Awareness

डेङ्गु,पहिलो पटक भएका लाई भन्दा दोस्रो वा तेस्रो पटक भएका लाई बढी जटिल हुन्छ ।
किनकि, यो भाइरसको 4 वटा सेरोताइप छ र त्यो बाहेक त्यसका जिनमा हलका nucleotide परिवर्तन भएर थुप्रै जेनोटाइप हरु बनेका छन्। मतलब: पहिलेको र पछिको संक्रमण गर्ने भाइरस फरक प्रकारकाहुन सक्छन्।+1

किन झन जटिल हुन्छ दोस्रो पटकको संक्रमण ,immune system ले काम किन गरेन ? 
यो भाइरस इम्युन सिस्टम को कोष लाई नै प्रयोग गर्छ,आफू फैलिन,वृद्धि हुन। त्यसै मार्फत शरीरमा फैलिन्छ। 
अर्को , पहिलेको संक्रमणबाट बनेको एन्टिबडी हरु लाई दोस्रो पटकको संक्रमण गरेको भाइरस +2

फरक सेरो वा जेनोटाइप भएमा ,भर्याङ बनाएर ,सजिलै संग immune system को कोषहरुलाई प्रयोग गर्छ। 
त्यसैले गर्दा यसको भ्याक्सिन प्रभाव कारी हुन् सकेको छैन।
माथिका अवस्था बाहेक, नर्मल मानिस लाई धेरै जटिलता नहोला तर, दीर्घ रोगमा र अन्य स्वास्थ्य जटिलतामा धेरै असर गर्न सक्छ।
+3

बच्ने उपाय ??
यो लामखुट्टे मार्फत सर्छ,मान्छे मान्छे बाट स्रदैन। संक्रमित को रगत खाएको लामखुट्टे,आफू पनि संक्रमित हुन्छ र ती लामखुट्टे बाट नयाँ मानिस मा सर्छ। 
यो लामखुट्टे एडिस् इजिप्टस र एडिस् 
एलबोपिकटस प्रजातिका,साना ,सेतो धरका भएका,दिनमा टोक्ने हुन्छ्न।+4

यी लामखुट्टे पानीमा अण्डा पार्छन्, तर chlorinated पानी मा समेत बाच्न सक्ने प्रकृतिका हुन्छ्न। 
हामीलाई हाल दुःख दिने एजिप्टस प्रजातिका लामखुट्टे,शहरका घरहरुका कोठाकाअँध्यारा कुना मा बस्ने हुन्छ्न। कौसी खेती  पनि लामखुट्टेको वृद्धी गर्नराम्रो वातावरण हुन् सक्छ।+5

कसरी लामखुट्टे हटाउने?
Insecticides, larvicides प्रयोग गर्ने
(Permethrin,Delta methrin)
वृद्धि गर्ने ठाउँहरू कम गर्ने,पानी जम्न नदिने, कवाड कम गर्ने।
🙏🏼🙏
- Dr @drbhattaluna /twitter 

    By : Doctor Story Nepal