NMCLE -डाक्टरहरूको परीक्षा
DOCTORS ARTICLES May 29, 2022
    Like/Share :

NMCLE -डाक्टरहरूको परीक्षा

सबैमा नमन् , 
हिजो भर्खर भएको NMCLE मेरो दोस्रो थियो । दुःख गरेको थिए , पास भए भाग्यवश तर मरिमेटेर पढेर पनि राम्रो नतिजा नआएको धेरै देखें । पहिलो पल्ट nmcle दिँदा यति गार्हो प्रश्न गरियो मानौं की म मास्टर सकाएर आएको छु। हिजो पनि हालत उस्तै थियो धेरैको।  हाम्रो डेन्टल डिग्री अनुसार प्रश्न बनाइए कै छैन । पढाउने र सोधिनेमा आकाश पातालको फरक छ । 
हाम्रो basics क्लियर छ छैन त्यो हेरिनु पर्ने थियो जस्तो लाग्छ तर त्यसो देखिएन। भोलि क्लिनिकल क्षत्रमा छिर्दा आइपर्ने कुरा सोधिए पो nmcle ले उचित मूल्यांकन गर्न सक्छ ।
 
बरु हेर्नै परे bds पढ्दा देखिको उसको रेकर्ड , उसको एकेडेमिक स्टाटस , उ पढ्ने कलेजको अवस्था अनि सवै basic monitoring गर्नू पर्ने हो।  हुँदै नभएको बकम्फुसे प्रश्न गर्दैमा quality check गर्न सकिन्छ भने होईन । 
सुरुवात मै यस्तो  निराशाजनक मूल्यांकन हुने हो भने केही गर्छु भनेर आएका हरु धेरैको विश्वास उठ्नेछ हाम्रो क्षेत्र बाट । 

गतिला प्रश्न गरियोस्, सकिन्छ भन्ने क्लिनिकल साइड based exam सुरुवात गरि योस । ३ घण्टाको tikmark लगाएर मात्र कोही योग्य अयोग्य नछुटीएला।

सम्बन्धित सवैको ध्यान जाओस्
Regards 

Dr Raman karki

#NMC #nepalmedicalcouncil  #nmcresult

    By : Dr Raman Karki