एनएमएसँग भएको सहमति अनुसार भीभीआईपी प्रोटोकल परिमार्जन गर्न पठाइयो
MEDICAL NEWS Mar 11, 2023
    Like/Share :

एनएमएसँग भएको सहमति अनुसार भीभीआईपी प्रोटोकल परिमार्जन गर्न पठाइयो

नेपाल चिकित्सक संघ (एनएमए)सँग भएको सहमति अनुसार भीभीआईपी प्रोटोकल परिमार्जन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।सांसद सुमन श्रेष्ठलाई लिखित जवाफ दिँदै गृह मन्त्रालयले उक्त जानकारी गराएको हो ।

नेपाल सरकारले गठन गरेको वार्ता टोली र नेपाल चिकित्सक संघका पदाधिकारीबीच माघ २९ मा भएको सहमति कार्यान्वयनका लागि तयार भएको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने समसामयिक परिमार्जनको सुझाव पेश गर्न मन्त्रालयमा गठित कार्यदलबाट कार्यविधिमा गर्नुपर्ने संशोधनका लागि सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेश भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको छ ।

    By : Doctor Story Nepal