नेपाली सेनाद्वारा संचालित नेपाली सेना स्वास्थ विज्ञान संस्थानमा विगत केहि दिन देखि प्रशासन र विद्यार्थीबिच scrub विषयमा उठेको विवादका कारणले पठनपाठन अवरुद्ध ।
MEDICAL NEWS Mar 17, 2023
    Like/Share :

नेपाली सेनाद्वारा संचालित नेपाली सेना स्वास्थ विज्ञान संस्थानमा विगत केहि दिन देखि प्रशासन र विद्यार्थीबिच scrub विषयमा उठेको विवादका कारणले पठनपाठन अवरुद्ध ।

नेपाली सेनाद्वारा संचालित नेपाली सेना स्वास्थ विज्ञान संस्थानमा विगत केहि दिन देखि प्रशासन र विद्यार्थीबिच scrub विषयमा उठेको विवादका कारणले पठनपाठन अवरुद्ध ।

कक्षाकोठामा प्रवेश गरिसकेका professor लाई समेत माथि बाट आदेश आएको भन्दै सेना परिचालन गरि कक्षा संचालन गर्न दिइएको छैन। २०७९-१२-०३ गते चौथो वर्षको कक्षाकोठा प्रशासनले ताल्चा नखोलिदिएपछी विद्यार्थीहरु निराश भै ग्राउन्डमै बस्न बाध्य भएका थिए । 

विद्यार्थीको भनाइ अनुसार उनीहरुलाई scrub लगाई अस्पतालमा समेत जान दिइएको छैन । फलस्वरूप विद्यार्थीहरु कलेजको बस कुर्दै घन्टौं सम्म कलेज हाताकै ग्राउन्डमा बस्न पर्दा clinical अध्यान्न बाट बन्चित भएका छ्न । विद्यार्थीहरुका भनाइ अनुसार विगत चार बर्ष देखि कलेजको निर्देशन अनुसार clinical बर्षका विद्यार्थीहरुलाई scrub सिलाउन लगाइदै आइएको छ , र सोही अनुसार हाल तेस्रो वर्षमा अध्यानरत विद्यार्थीहरुलाई एक महिना अगाडि मात्र २ जोर scrub र बेग्लै १ सेट OT पोशाक प्रशासन मार्फत नै सिलाउन लगाइयो। तर केही दिन अघि मात्रै बिनाकारण प्रशासनद्वारा scrub लगाउन बाट बन्चित गरिएको छ । यस किसिमको प्रशासन बाट भएको गैरजिम्मेवारी पन देखि विद्यार्थीहरु असन्तुष्ट छ्न । यश विषयमा छलफल गर्दा प्रशासन बाट board exam रोक्ने र restriction गर्ने धम्की विद्यार्थीहरुलाई दिइएको छ । 

विद्यालय विद्यार्थीहरुको दोस्रो घर हो तर पठनपाठन अवरुद्ध गराइदा विद्यार्थीहरु मानसिक यातनामा परेको र , कक्षा तथा होस्टल - पढाई राम्रोसँग हुननसकेको विद्यार्थीको गुनासो छ । प्रशासनले नै विद्यार्थीहरुको कुरा नबुझीदिएको हुँदा विद्यार्थीहरु हतोत्साहित भएको र को सँग गुनासो राख्ने भन्ने विषयमा अन्योलमा छ्न । यैस त MBBS अध्यान कठिन हुन्छ , प्रशासनद्वारा सिर्जना भएको असाझेदारीका कारण विद्यार्थीहरु मानिसक रुपले कमजोर बन्दै गएको गुनासो आएको छ । professor जस्तो गरिमामय अहोदालाई सेना परिचालन गरि पढाउन नदिने यो कहाँ को न्याय हो ?

    By : Doctor Story Nepal