Heartfelt Condolences  भावपूर्ण श्रद्धांजली Dr Sushmita Pathak KIST MBBS 7th Batch
MEDICAL NEWS Oct 15, 2022
    Like/Share :

Heartfelt Condolences भावपूर्ण श्रद्धांजली Dr Sushmita Pathak KIST MBBS 7th Batch

फेरि एउटा डाक्टरले सुसाइड गरेको खबर सुने । ति डाक्टर मैले पढेको मेडिकल कलेजबाट भखरै आफ्नो professional जीबनमा काम गर्दै गरेकी थिईन । यो आत्महत्याको जिम्मेवार यो चिकित्सक समाज , हाम्रो समाज र यो राज्य । जबसम्म हामीले एउटा डाक्टरको जिबन लाई नियालेर अध्यन गर्न सक्दैन , जबसम्म हामीले उनीहरुले गरेको परिश्रम ,उनीहरूको मेहेनत लाई सहि मुल्यांकन गर्न सक्दैनौ, तबसम्म कि त डाक्टर विदेशिने क्रम जारी रहन्छ कि त डाक्टर दबिन्छन् र अन्त्यमा मृत्यु रोज्न बाध्य हुन्छन् ।

चुनावको मुखमा देश परिवर्तन गर्ने धेरै नेताहरुलाई आग्रह छ , देश परिवर्तन गर्नु भन्दा अगाडि यि आत्महत्या गरिरहेका जमात र अब गर्नसक्ने जमातको जिवन परिवर्तन गर्नुहोस् देश आफै परिवर्तन हुन्छ ।

तिम्रो आत्माको चिर शान्तीको कामना बैनी सुस्मिता

#restinpeacedr

- Dr Bivek @drbivek

    By : Doctor Story Nepal