Shocking news ..!!  Dr.Kiran Shrestha sudden cardiac arrest ..  रात भरी विरामीको शल्यक्रियामा व्यस्त अनि बिहानै आफै अस्तायौ प्रिय डा किरण!!!
MEDICAL NEWS Dec 8, 2022
    Like/Share :

Shocking news ..!! Dr.Kiran Shrestha sudden cardiac arrest .. रात भरी विरामीको शल्यक्रियामा व्यस्त अनि बिहानै आफै अस्तायौ प्रिय डा किरण!!!

Shocking news ..!!

Dr.Kiran Shrestha sudden cardiac arrest ..

रात भरी विरामीको शल्यक्रियामा व्यस्त अनि बिहानै आफै अस्तायौ प्रिय डा किरण!!!

अरू बिरामी भए पछि घर बाट अस्पताल आउछन्,तिमी सबैलाई उपचार गरि आफै ब्रह्मनिल भयौ???

कति क्रुर र संवेदन बिहिन छ नियती! अलबिदा डा किरण।

#Repost Dr Himlal Bhandari

#restinpeace

डा. किरण, हिजो हृदयघातको कारण मृत्यु भएको भन्ने खबर आयो , तर वास्तवमा यो हृदयघात होइन, यो नेपालको चिकित्सा शिक्षा प्रणालीले गरेको हत्या हो । अझै पनि नेपालभरका धेरै मेडिकल कलेजहरूमा रेजिडेन्ट डाक्टर अन्तिम २४-३६ घण्टासम्म सुतेका छैनन्।

विश्वभरि नै डाक्टरमा आत्महत्या गर्ने संख्या धेरै छ । भारतमा मार्च ८ मा एकै दिन ४ जना डाक्टरले आत्महत्या गरेका थिए ।

पछिल्लो एक वर्षमा नेपालमा ६ जनाभन्दा बढी चिकित्सकले आत्महत्या गरेका छन् ।

उचित सुविधाको अभाव र बाँच्नको लागि आधारभूत आवश्यकताहरूको अभावका कारण डाक्टरहरूमा आत्महत्याको प्रवृति बढ्दै गएको छ र धेरै डाक्टरहरू देश छाडिरहेका छन्।

काठमाडौंको निजामती सेवा अस्पतालकी चिकित्सक डा सुस्मिता पाठक २०२२ अक्टोबरमा एउटा नोट लेखेर ललितपुरको इमाडोलमा आत्महत्या गरेकी थिईन ।

नोभेम्बर २०२१ मा, प्रतिभाशाली नेपाली न्यूरो सर्जन डा. सुवास लोहनीले आत्महत्या गरेका थिए ।

एक वर्षअघि पाटन मानसिक अस्पतालमा कार्यरत मनोचिकित्सक डा सुदीप अर्यालले बुढानिलकण्ठको एक होटलमा आत्महत्या गरेका थिए ।

यो भन्दा अगाडी जवाहरलाल इन्स्टिच्युट अफ स्नातकोत्तर चिकित्सा शिक्षा तथा अनुसन्धान (JIPMER) का स्नातकोत्तर तहका विद्यार्थी डा के सञ्जीव गुरागाईंले क्याम्पसस्थित आफ्नै होस्टेलको कोठामा शुक्रबार आत्महत्या गरेका छन् ।

यी केही उदाहरणहरु मात्र हुन्, विश्वभरि नै डाक्टरमा आत्महत्या गर्ने संख्या धेरै छ र नेपालमा अहिले यो बढ्दै गएको छ ।

मानसिक दबाब, कामको बोझ, कम तलब र अनिन्द्र, हृदयघात र आत्महत्या दुवैका लागि जिम्मेवार केही कारण हुन्।

#drbivek #restinpeace #doctorstorynepal

    By : Doctor Story Nepal