नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।
MEDICAL NEWS Feb 7, 2023
    Like/Share :

नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।

नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । मंगलबार सकिएको मतगणनाको अन्तिम परिणामअनुसार विजयी कार्कीले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । डा. कार्की यसअघि संघको उपाध्यक्ष रहेका थिए ।

नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।

त्यसैगरी मधेस प्रदेशको उपाध्यक्षमा लोकतान्त्रिक समूहकै निरजकुमार सिंह विजयी भए। उनले ३ हजार ८१ मत प्राप्त गरे । वाग्मती प्रदेशमा ३ हजार ५५३ मत ल्याई प्रकाश बुढाथोकी उपाध्यक्षमा चुनिएका छन् भने गण्डकी प्रदेशमा पनि लोकतान्त्रिक समूहले नै कब्जा जमाएको छ । लोकतान्त्रिक समूहका डा. राजन शर्माले कुल ३ हजार ३२२ मत प्राप्त गरे । सुदूरपश्चिम प्रदेशमा डा. प्रशान्त भट्ट ३ हजार ३५९ मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएका छन् ।

सदस्यहरूमा लोकतान्त्रिक समूहका डा. तेजसुसेन मल्ल, डा. सृजना विष्ट, डा. अमितरञ्जन मिश्र,डा. किशोर खत्री ,डा. युभिनकुमार यादव विजयी भएका छन् । डा. स्मृति महत पेशागत समावेशी समूहबाट विजयी भएकी एक्ली सदस्य हुन् l

    By : Doctor Story Nepal