फर्किएर गल्ती गरें मैले? डा प्रेम ज्ञवाली !!
MEDICAL NEWS Mar 2, 2023
    Like/Share :

फर्किएर गल्ती गरें मैले? डा प्रेम ज्ञवाली !!

फर्किएर गल्ती गरें मैले? डा प्रेम ज्ञवाली !!

आफ्नै भुमिमा केही गर्ने ईच्छा थियो त्यसैले दीन दुखीलाई सहयोग गर्ने मनशाय लिएर फर्कें। बिदेशीलाई गर्ने उपचार आफ्नै दाजुभाई लाई दिनु पर्छ भनी फर्किए । बिभिन्न सपना र आकांक्षा लिएर फर्किए तर अहिले लाग्दछ मैले गल्ती गरें। न त मैले कुनै खुराफाती गर्न सिकें, न त मैले कसैको चाकरी गर्न सिके, आफ्नै बलबुतामा सकेको गरें तर अहिले लाग्दछ मैले गल्ति गरें। राम्रा र निपुर्ण बिदेशिदै छन अहिले न त तिनीहरुलाई रोक्न सक्छु मैले, न त खाली खुट्टा वा चप्पल लगाएर आएका बिरामीलाई समयमै उपचार गर्न सक्छु मैले, न त तिन दिन देखि भोकै छु हजुर भन्ने बिरामीलाई सहयोग गर्न सकें मैले। न त परिबार र समाज लाई समय दिन सकें मैले। कसरि भनुं आफ्ना संततिलाई स्वदेशमै पसिना बगाऊ भनेर? बेला आई सक्यो बाबु मेरो गल्ती नदोहोर्याऊ भन्ने। न त कुनै सामाजिक सुरक्षा छ यहाॅ, न त कुनै संतुष्टि छ, चौबिसै घण्टा बिरामीको उपचारमा खटिईने डाक्टर र नर्सलाई बिरामीको मृत्युको कारण तिमी नै हो भन्ने सुन्न परेको छ, बिजुली नआएर भेन्टिलेटर बन्द हुंदा अथवा बजारमा किनिने औषधिको गुणस्तर सही नहुंदा पनि तिमीले नै बदनामी सुन्नु परेको छ, न त तिमीलाई सुरक्षा दिने कोही छ यहां आफ्नो सुरक्षा त तिमी आफैले गर्नु छ । तिम्रो पनि परिवार होला, तिम्रा पनि बाल-बच्चा होलान। म कसरी भनुॅ तिमीलाई मेरो गल्ती दोहोर्याऊ भनेर जुन गल्ति मैले फर्किएर गरें। डा प्रेम ज्ञवाली !!

    By : Doctor Story Nepal