भुइँ कटहरमा भर पर्नु का फाइदा
Awareness News May 4, 2022
    Like/Share :

भुइँ कटहरमा भर पर्नु का फाइदा

Benefits of Pineapple 🍍

यस्ता छन् भुइँ कटहरमा भर पर्नु का फाइदा

भुइँ कटहर नेपालमा पाइने एक किसिमको फल हो । यसको बोट सानो झाडी आकारको हुन्छ ।

यो एउटा बहुबर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसलाई कतै कतै अनारस नामले पनि चिनिन्छ l

भुइँकटहर हरेक मौसममा पाइने निकै स्वादिलो फल हो । यो स्वादिलो मात्र होइन निकै गुणकारी पनि हुन्छ ।

यसमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसको सेवन गर्नाले शरीरमा फाइदा पुग्ने गर्दछ l

भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ । ब्रोमेलेन यौगिकले हड्डीमा हुने विभिन्न खाले समस्याबाट बचाउँदछ ।

यदि तपाईँ दाँत सम्बन्धी कुनै पनि समस्यामा हुनुहुन्छ भने भुइँकटहर खानु निकै उपयोगी साबित हुन्छ । भुइँकटहर खाँदा जोर्नीको समस्यामा फाइदा मिल्छ ।

भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्‍याउँछ ।

यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।

- Dr Manoj Kandel/Bharatpur Hospital

    By : Ewing Sarcoma